Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • आजबाट ५५ देखि ६० वर्षसम्मका उमेर समूहलाई चिनियाँ खोप लगाइँदै

    आजबाट ५५ देखि ६० वर्षसम्मका उमेर समूहलाई चिनियाँ खोप लगाइँदै

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  आजबाट कोरोना  विरुद्धको खोप अभियान पुनः  सञ्चालन हुँदैछ । खोप अभियान अन्तर्गत आज ९मंगलवार०देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको हो ।

    चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालकरसहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको हो । यस्तै, खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालकरसहचालकलाई पनि यो खोप लगाउन लागिएको हो ।



    हालसम्म २६ लाख ११ हजारलाई खोपको पहिलो र १० लाख ४१ हजारलाई दोस्रो मात्रा लगाइएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरेको आग्रह समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार