काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।
सिंहदरबारमा एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेको सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । आजको स्थायी कमिटी बैठकबाट कार्यदलमा तय गरिएका संगठनसम्बन्धी एजेन्डा पारित गरिने पनि उनले जानकारी दिए । सबै पक्षलाई समेट्ने गरी बैठक बोलाइको भन्दै उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आउने/नआउनेबारे एकीन भइनसकेको बताए ।
‘असार १८ गतेदेखि एमालेमा पक्ष र विपक्ष रहेन । हामीले २०७५ जेठ २ को कमिटी बोलाउन थालेका हौं । आउने/नआउने उहाँहरुको कुरा भयो’, उनले भने ।
Leave a Reply