Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट, सजग रहन आग्रह

    नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट, सजग रहन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 4.4K
    SHARES

    नुवाकोट।  जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ ।

    त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।



    अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गरेका छन्  ।



    यसैबीच जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञ आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिए ।

    जिल्लामा ५०२ कोरोनाका सक्रीय संक्रमित छन् । हालसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार