Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नख्खु कारागारमा रहेका विप्लवका नेता हेमन्त प्रकाशलाई हृदयघात, अवस्था गम्भीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव नेतृत्वको नेता हेमन्त प्रकाश ओली 'सुदर्शन'लाई हृदयघात भएको छ।

काठमाडौँको नख्खु कारागारमा रहेका नेता हेमन्तलाई हृदयघात भएपछि राजधानीको गंगालाल अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

‘उहाँको मुटुमा समस्या भएपछि गंगालाल अस्पताल लगिएको छ,’ पारिवारिक स्रोतले भन्यो, ‘अहिले अवस्था गम्भिर छ । आजै उहाँलाई गाह्रो भएको हो ।’

नेता हेमन्त नख्खुमा भएको वम विष्फोटको मुद्दामा कारागार चलान भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077