Online Nepal
  • बुधबार, १० पुष २०८१
  • डुब्यो बनेपाको पुल बजार

    डुब्यो बनेपाको पुल बजार

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 4.3K
    SHARES

    काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । आज बिहान पुण्यमाता खोलामा बाढी आउँदा पुल बजार क्षेत्र गाडी डुबाउने गरि सडकमा पानी जमेको हो । खोलामा बाढी आउँदा पुल बजार र राजमार्गमा रहेका घरहरुमा पनि पानी पसेका छन्। जसकारण बिहानै देखि स्थानीयको जनजीवन प्रभावित बनेको छ । पुलमाथि पानीको भेल बग्दा राजमार्गमा सवारी साधन सञ्चालनमा पनि अवरोध पुगेको छ । हाल भने पानीको बहाव केही घटेको छ र सडक खुलेको छ।

    राजमार्गमा भल पस्दा साना गाडी नै डुब्ने पानी जम्मा भएको थियो भने साना चार पांग्रे गाडीहरु आधा डुबेको देखिन्थ्यो । मोटरसाइकल चढेर बाटो पार गर्न खोज्नेहरु भलमै लडेको पनि देखियो ।



    अतिक्रमणको कारण खोला साँघुरो भएकाले अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्त्वयमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ । तर, यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार