Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भइ हाल सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077