Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • फेवातालको ड्याम बाढीले बगायो

    फेवातालको ड्याम बाढीले बगायो

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 3.1K
    SHARES

    पोखरा । निर्माण गर्ने बेलामा नै विवादमा परेको फेवाताललाई जोगाउन बनाइएको ड्याम बाढीले बगाइदिएको छ । फेवातालमा वर्षेनि जम्मा हुने गेग्य्रान रोक्न भन्दै पोखरा महानगरले बनाएको सिल्ट्रेसन ड्याम बाढीले बगाइदिएको हो । पोखरा–२३ स्थित हर्पनखोलामा बनेको ड्याम आज राति आएको बाढीले बगाइदिएको हो ।

    ड्याम बगाएपछि बढेको पानी ठूलाखेतको बस्तीमा छिरेको र बस्तीका ६ घरलाई क्षति पुर्‍याएको पोखरा–२३ का वडाध्यक्ष भरतराज भण्डारीले जानकारी दिएका छन् । हर्पन खोला फेवातालको मुख्य मुहान खोला मानिन्छ । हर्पनजस्तै तालका अन्य सहायक मुहानहरुबाट वर्षेनि १ लाख २४ हजार मेट्रिक टन गेग्य्रान फेवा पुग्ने तथ्यांक छ ।



    तिनै गेग्य्रान रोक्ने र ताल बचाउने भन्दै महानगर र प्रदेशले दुई वर्षअघि ड्याम बनाएका थिए । फेवा मुहानका विभिन्न खोलामा ५ वटा सिल्ट्रेसन ड्याम बनेका छन् । आज बगेको उक्त ड्याम खड्का कृष्ण÷पि.के जेभी दाङले निर्माणको ठेक्का लिएको थियो । जेभीसँग ७ करोड ८८ लाख ६२ हजार रुपैयाँमा ड्यामको निर्माण सम्झौता गरिएको थियो।



    २०७६ पुसमा निर्माण शुरु भएको उक्त ड्याम बनाउन शुरु गरेदेखि नै विवादित थियो । निर्माण शुरु गरेको दुुई महीना नबित्दै सामान्य हातले छुँदा पनि भत्किन शुरु गरेपछि स्थानीयले विरोध नै गरेका थिए । छिटो सक्ने नाममा कच्चा सामग्री प्रयोग गरेको र त्यसले बस्ती जोखिममा परेको भन्दै उनीहरुले विरोध गरेका थिए । गएरातीको सामान्य बाढिले ड्याम बगाएपछि कच्चा सामाग्री प्रयोग गरिएको पुष्टि हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार