Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि पुगिन्न : बाबुराम भट्टराई

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी एकता र फुटको कुनै सुत्र नहुने बताएका छन् ।

पछिल्लो समय जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका थिए ।

यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो ।

यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एकताबाट खुशी र फुट्दा दुखी हुने भन्दै पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउॅमा बसेर कतै पनि नपुगिने उल्लेख गरेका छन्।

बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुॅदा राम्रो हुने भन्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गरेका छन्।

https://twitter.com/brb1954/status/1412714020109385729

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077