Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीम रावल माधव नेपाल निवासमा, कार्यदलमा भएको छलफलबारे ब्रिफिङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

नेपाल पक्षका संयोजक रावलले अहिलेसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएको बताइएको छ । नेपाल समूहभित्रै असन्तुष्टी बढिरहेकाले रावल छलफलका लागि कोटेश्वर गएका हुन् । रावल फर्किएसँगै अर्थमन्त्रालयमा दुवै पक्षको कार्यदलबीच छलफल शुरू भएको छ ।

यसअघि बिहान ८ बजेका लागि तयको बैठक १० बजेलाई सारिएको थियो । तर, रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो ।

मंगलबार वार्ता टोलीको छलफल चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड माधव नेपाललाई भेट्न गएका थिए ।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।

यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

यद्यपि एमाले विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन् । विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077