Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सुजिता मृत्यु प्रकरण : चितवनमा २४ घण्टे कर्फ्यू आदेश जारी

    सुजिता मृत्यु प्रकरण : चितवनमा २४ घण्टे कर्फ्यू आदेश जारी

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 4.6K
    SHARES

    चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले सुजिता भण्डारीको मृत्यु प्रकरणलाई लिएर हिंसात्मक प्रर्दशन हुन सक्नेतर्फ ध्यान दिदै कर्फ्यु आदेश जारी गरेको छ।

    सुजिताको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यु आदेश जारी गरेको हो ।



    राप्ती नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर गरिएको प्रदर्शनका क्रममा केहीबेर झडप समेत भएको थियो ।



    सो क्रममा ७ जना प्रहरी घाइते भएका छन । प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।

    कर्फ्यु आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० सम्मका लागि जारी गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार