Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दामा फरार रहेका लामा सीआईबीको फन्दामा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ्ग कसूर मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.७ बस्ने वर्ष ५९ को लाक्पा लामा रहेका छन् ।

काठमाडौँ चक्रपथबाट पक्राउ परेका लामाले विसं २०७५ सालमा व्यापार व्यवसाय गर्नको लागि भन्दै १५ लाख बराबरको रकम विकाश थापासँग लिएर उनलाई पर्याप्त मौज्दात रकम नभएको चेक दिएर जानी जानी झुक्याएर ठगी गरेका थिए।

लामाले थापालाई ठगी चेक काटी दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उनको हकमा बैंकिङ् कसूर तथा ७ (सात) दिन कैद र १५ (पन्ध्र) लाख जरिवाना हुने ठहर भएको थियो।

पक्राउ परेका लामलाई सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरि फैसला भएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077