Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जर्मनीले नेपालीसहित विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हटायो

    जर्मनीले नेपालीसहित विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हटायो

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । जर्मनीले कोभिड–१९ का कारण पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ।

    जर्मनीले बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकहरुलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको बर्लिन समाचारले जनाएको छ।



    दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ। यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ।



    बेलायत, पोर्चुगल, रूस, भारत र नेपाललाई हालसम्म कोभिडको ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भाइरसको प्रकार फैलिएका कारण कोभिडको महामारीजन्य जोखिमयुक्त मुलुकका रूपमा वर्गीकरण गरिएको थियो।

    यी पाँच राष्ट्रहरूलाई अब सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको स्वास्थ्य निकायले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार