Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालिकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

कालिकोट । कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन् ।

रास्कोट नगरपालिका ६ सन्नीघाटमा आज बिहान जिप दुर्घटना हुँदा ३६ वर्षीया पम्फा फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

रास्कोटबाट क १ ज २३ नम्बरको जिप जितेगढा बजारतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

जिपमा चालकसहित १२ जना सवार थिए। ओरालो सडकमा अनियन्त्रित भएर जिप दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077