Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्रकर्मी जबरा बैंकिङ कसुर अभियोगमा सिआईबीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बैकिङ कसुर गरेको अभियोगमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चलचित्रकर्मी शिशिर शमशेर जबरा रहेका छन्।

सीआईबीको टोलीले जबरालाई आज काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको ब्युरोका एसपी श्याम कुमार महतोले जानकारी दिए।

कलाकार जबराविरुद्ध बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७७ पुस २६ गते १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । फैसला भए पनि कलाकार जबरा फरार रहेकाले प्रहरीको खोजी सूचिमा थिए।

२०७६ सालमा शिशिरले घर व्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्नको लागि रकम लिएका थिए । तर रकम लिएको व्यक्तिलाई फिर्ता गर्दा चेक अनुसारको बैंक खातमा पर्याप्त रकम नभएपछि उनी विरुद्ध उजुरी परेको थियो। उनले त्यतिखेर ४५ लाख रुपैयाँको चेक काटेका थिए।

अदालत पाटनबाट बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुर मा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077