Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुजिता भण्डारीको शव भरतपुर ल्याइदै, आफन्तद्वारा राजमार्ग अवरूद्ध

चितवन । केही दिन अगाडि अपहरणमा परेकी राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीको शव फेला परेको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ सामुदायीक जंगलमा सडेगलेको अवस्थामा भेटिएको शव भण्डारीकै भएको खुलेको हो ।

चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार भेटिएको शवलाई भण्डारीकै परिवारले पहिचान गरेका हुन।

उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ । सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका छन् । भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ । उनीहरूले पूर्वपश्चिम राजमार्गमा ट्रक तेर्साएर अवरोध गरेका छन्।

उनीहरूले भण्डारीको शव नबुझ्ने बताएका छन् । घटना सामसुम पार्न खोजेको आरोप स्थानीयको छ।

शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ। उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने फेला परेको छ। प्रहरीले अपहरण भएको भन्ने पाटोबाट पनि अनुसन्धान जारी राखेको जनाएको छ। घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि खटिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077