Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चीनले नेपालसहित विश्वका विभिन्न राजनीतिक दलहरुको सम्मेलन गर्दै

    चीनले नेपालसहित विश्वका विभिन्न राजनीतिक दलहरुको सम्मेलन गर्दै

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । चिनले नेपालसहित विश्वका विभिन्न देशका पार्टीहरुलाई समेटेर राजनीतिक सम्मेलन गर्ने भएको छ ।

    चिनिया कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्न लागेको हो ।



    सो सम्मेलन मंगलबार साँझ ६ बजेपछि सुरु हुने छ । उक्त सम्मेलनलाई ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको छ । सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिँदैछन् ।



    नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ ।

    भर्चुअल कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायत सहभागी हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार