चितवन। चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ सामुदायीक जंगलमा एक युवतीको सव सडेगलेको अवस्थामा भेटिएको छ ।
उक्त शव ९ दिन अघिदेखि हराएकी राप्ती नगरपालिका ३ की २२ बर्षिय सुजिता भण्डारीको हुनसक्ने आशंका गरिएको छ ।
परिवारका सदस्यले भने सुजिताको नै शव भएको बताएको प्रहरी स्रोतले जनाएको छ । शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
उक्त शव जंगलमा च्याउन टिप्न गएका स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । असार ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन ।
उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले प्रहरीलाई जानकारी दिएका थिए।
घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि खटिएको छ।
Leave a Reply