Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बाढी पहिरोबाट घर गुमाएकालाई ५० हजार राहत ?

    बाढी पहिरोबाट घर गुमाएकालाई ५० हजार राहत ?

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । सरकारले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका परिवारलाई ५० हजारका दरले राहत दिने भएको छ । गृहमन्त्री विष्णुप्रसाद पौडेलले बाढी तथा पहिरोबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने बताएका हुन् ।

    आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् ।



    उनले भने–‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’



    उनले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको, १ सय १२ घरमा सामान्य क्षति पुगेको जानकारी गराए । उनले क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने उल्लेख गरे ।

    पौडेलका अनुसार हालसम्म सिन्धुपाल्चोक, मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाहीलगायतका जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ । १ सय १२ घरमा आंशिक क्षति भएको छ भने ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । त्यसैगरी ९ विद्यालय तथा सामुदायिक भवनमा पनि क्षति पुगेको उनले राष्ट्रिय सभामा जानकारी गराए ।

    यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । त्यस्तै विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । ति पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्वन्धित निकायलाई निर्देशन समेत दिएको उनले बताए ।

    सिन्धुपाल्चोकको कोदारी राजमार्ग, मनाङ चामे बेंसीशहर सडक, बाजराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौंडा सडकमा भएको अवरोध हटाउने काम जारी रहेको मन्त्री पौडेलले जानकारी गराए ।

    मन्त्री पौडेलले मनसुनबाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८ सय ३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १ सय ९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री दिइएको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार