Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निगमको ८० अर्बभन्दा बढी सम्पत्तिमा आँखा, ओलीकै निर्देशनमा डिमप्रकाशले थाले निजीकरणको तयारी !

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमलाई गोप्य रुपमा निजीकरण गर्ने तयारी गरेका छन्।  स्रोतका अनुसार पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निगमलाई गोप्य रुपमा निजीकरण गर्ने तयारी थालेका हुन। जुन कुरा गोप्य थाहा पाएपछि ट्रेड युनियनहरुले महाप्रबन्धक  पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

लकडाउनको समयमा निगमका महाप्रबन्धक पौडेलले विदेशी र स्वदेशी पर्यटन ब्यवसायीलाई निगमको ४९ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको थाहा पाएपछि ट्रेड युनियनहरुले शुक्रबार महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । महाप्रबन्धकसँग निजीकरणको बिषयमा वार्ता गर्न खोज्दा उनी भागेको ट्रेड युनियनका नेताहरुको आरोप छ ।

महाप्रबन्धक पौडेलले निषेधाज्ञाका बीचमा निगमको प्रबन्धपत्र र नियमावली संचालक समितिबाट अनुमोदन गराई अन्तिम निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको बिषय कर्मचारीहरुले हालैमात्र थाहा पाएका थिए ।

निगमको चलअलच गरी ५० अर्बरुपैयाँको सम्पत्ति मूल्यांकन गरी त्यसबाट ४९ प्रतिशत सेयर बेच्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । निगम संचालक समितिको असार १४ मा बसेको बैठकले ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा र ५ प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई सेयर बेचेर निजीकरण गर्ने निर्णय गरेको छ । तर निगमका महाप्रबन्धक पौडेलले कम्पनी निजीकरण गर्न लागिएको कुरा अस्वीकार गरेका छन् ।

अपारदर्शी ढंगले निजीकरण गर्न लागेको र सम्पत्ति पनि न्यून देखाएकाले तपाईको कार्यकक्षमा तालाबन्दी गरिएको छ, वार्तामा बस्न आग्रह गर्दा भाग्नुभयो रे भन्ने प्रश्नमा उनले भने–‘म भागेको होइन । अर्थमन्त्रालयमा बोलाइएकाले गएको थिएँ ।’

निगमको सम्पत्तिको मूल्यांकन पनि अपारदर्शी ढगले गरिएको आरोप पौडेलमाथि छ । यदि निष्पक्ष ढंगले मूल्याकन कमिटी बनाउने हो भने ८० अर्बभन्दा बढी सम्पत्ति निगमको छ । तर गुपचुप रुपमा मूल्यांकन गराई निगम निजीकरण गर्न खोजिएकोमा कर्मचारीहरु आक्रोसित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077