Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बैठक : असार मसान्तभित्र सदस्यता नवीकरण, साउन २५ मा विधान सम्मेलन

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको बताइएको छ ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको छ । सांगठनिक प्रस्ताव पेस गर्दै महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

महाधिवेशन प्रयोजनका लागि असार २५ गतेभित्र प्रस्ताव मातहतका कमिटीमा पठाउने र साउन १५ भित्र केन्द्रमा सुझाव पठाउने विषय पनि उनले प्रस्ताव गरेका छन् ।

बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077