Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

    हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विहिबारदेखिको अविरल वर्षाका कारण गएको पहिरोले गर्दा हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएका छन् । ४८ घण्टादेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो ।

    हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्तर्गतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ । त्यस्तै भिमफेदी–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ, थाहा नगरपालिका–१२ गैरीगाउँमा पनि पहिरो खसेको छ । जसले गर्दा उक्त सडक अवरुद्ध भएको हो ।



    त्यस्तै काठमाडौं जोडने छोटो दुरीको मार्ग भैस–कुलेखानी–भिमफेदी–काठमाडौं जोड्ने २ वटा सडक फाखेल–हुमाने र सिस्नेरी–दक्षिणकाली सडक खण्ड पनि पहरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    उक्त सडक खण्डको भिमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भिमफेदी–६ गढी, देराली, फाखेल–हुमाने सडक खण्ड तर्फको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महालक्ष्मी खोला, ईन्द्रसरोबर–२ कुलेखानीमा पहिरो कारण सडक अवरुद्ध भएकोे प्रहरीले जनाएको छ ।

    यता कान्तीलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर–८ गंगटेमा वर्षका कारण कालोपत्रे नै बगाउँदा सडक अवरुद्ध भएको छ । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाडामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार