Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौतमलाई स्वागत गर्दै ओलीले भने–पार्टी एकता जोगाउन बैठकमा सहभागी हुनुहोस्

काठमाडौं । बालुवाटारमा जारी १३औं केन्द्रीय कमिटी बैठकमा सहभागी भएको उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने–‘बामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनु भएको छ । उहाँलाइ स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोली हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु ।’

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल सहभागी नभएको बालुवाटारमा जारी १३ औं केन्द्रीय कमिटी बैठकमा गौतम भने सहभागी छन् । गौतमले एमाले विवादमा पार्टी एकता अभियान चलाउँदै आएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि ओलीले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तरण गरेलगत्तै गौतम बैठकमा सहभागी भएका हुन् । यद्यपी नेपाल पक्षले भने बैठक वहिस्कार गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077