Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलीबाट खोप आउँछ, अब सबै नागरिकले क्रमश पाउँछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन भित्रै चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी  बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने–‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’

कोरोनाको थप खोप भोलिबाट आउने क्रम सुरू हुने भन्दै उनले क्रमशः सबै नागरिकले खोप पाउने पनि बैठकलाई जानकारी दिए । भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उनको भनाइ थियो ।

बैठकमा उनले केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको समेत उनले बताए । ओलीले भने–‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077