Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखा–तनहुँ जोड्ने झोलुंगे पुल बगाउने गरी उर्लियो मर्स्याङ्दी

काठमाडौं । अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने पुलमा क्षति पुर्याएको छ । गोरखा नगरपालिका–१२ र तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एकातर्फ क्षति पुगेको छ।

बाढीले झोलुंगे पुल नै बगाए जस्तो देखिन्छ भने एकातर्फको जिप भने बगाइसकेको छ । पुलको एक्ले फाँटतर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077