Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ – मुग्लिन सडकखण्डमा ठूलो ढुङ्गा खस्यो , एकतर्फी रुपमा सडक संचालन

चितवन। अबिरल बर्षाका कारण नारायणगढ- मुग्लिन सडकखण्डको १४ किलो भन्ने ठाउँमा ठूलो ढुङ्गा खसेको छ ।

सो स्थानमा एकतर्फी यातायात संचालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ढुङ्गा खसेकोले खाल्डो भएको र उक्त खाल्डोमा ग्राबेल हाली एकतर्फी बाटो सुचारु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ढुङ्गा हटाउनलाई ब्रेकरको आवश्यक परेकोले समय लाग्ने प्रहरीको भनाई छ ।

ट्राफिक प्रहरी कार्यालका अनुसार  भोली बिहान मात्रै १४ किलोमा खसेको ढुङ्गा हटाइने  छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077