Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४८ लाखको चेक दिएर फरार भएका महत सिआईबीको फन्दामा

 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा २० दिन कैद र ४८ लाख जरिवाना ठहर गरेका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले सानुकाजी महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कूल २० दिन कैद र ४८ लाख जरिवाना ठहर गरेको थियो ।

तर, महत भने त्यसयता फरार थिए । उनलाई सिआईबीबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । रामेछाप खाँडादेवी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ जोरपाटी बस्ने ४६ वर्षीय महतलाई सिआईबीले आज पक्राउ गरेको हो ।

महतले २०७६ सालमा नेपाल इन्भेष्टमेन्ट बैंक र एनसिसि बैंकमा रहेको आफ्नै नामको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैंया बराबरको रकम नै नभएको चेक काटी दिएका थिए । सोही मुद्दामा उच्च अदालत पाटनले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।

महतलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077