Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी पूर्व रक्षा मन्त्री रम्सफेल्डको निधन

एजेन्सी । अमेरिकी पूर्व रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ ।

पूर्व रक्षा मन्त्री रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको हो । रम्सफेल्डको परिवारले उनको निधन न्यू मेक्सिकोको ताओस स्थित घरमै मंगलबार निधन भएको जानकारी दिएको छ । राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनमा रक्षा मन्त्री रहेका उनी ‘आतंकवाद विरुद्धको युद्ध’ का प्रमुख पक्षधर थिए ।

सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछि अमेरिकी सुरक्षा बलले अफगानिस्तानमा सैन्य अभियान थालेको थियो । यस्तै सन् २००३ मा इराकमा युद्ध सुरु गरेको थियो ।

विवादास्पद द्वन्द्वको नतिजा स्वरुप रम्सफेल्डले सन् २००६ मा रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए । जर्ज डब्लु बुसले रम्सफेल्डलाई निकै राम्रो मानिस र उदाहरणीय सार्वजनिक सेवक रहेको बताएका छन् ।

सन् १९३२ मा सिकागोमा जन्मिएका रम्सफेल्ड पहिलोपटक सन् १९६० को दशकमा वासिङ्टन डिसी पुगेका थिए । उनले रिचर्ड निक्सन र गेराल्ड फोर्डको प्रशासनमा विभिन्न पदमा रहेर काम गरेका थिए ।

उनी फोर्डको प्रशासनमा पनि रक्षा मन्त्री बनेका थिए, त्यो बेला उनी सो जिम्मेवारी पाउने कम उमेरको व्यक्ति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077