Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पुष्टि, एक बर्ष कैद हुन सक्ने

    ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पुष्टि, एक बर्ष कैद हुन सक्ने

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आफ्नै साथीलाई कुटेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौला किर्ते धन्दामा लागेको समेत खुलेको छ । आफूलाई सामाजिक अभियन्ता हुँ भन्दै हिड्ने संग्रौलाले सरकारी कागजपत्र कीर्ते गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । परिसरले कुटपिट गरेको आरोपमा संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला तामाङलाई पक्राउ गरेको थियो ।

    त्यसो त संग्रौलामाथि जातीय विभेद गरेको समेत आरोप छ । संग्रौलाले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका असई मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । झाले पनि उनीविरुद्ध जाहेरी दिएका छन् ।



    कुटपिट र रंगभेदीको विषयमा संग्रौला दम्पत्तिमाथि छानविन गर्दा उनीहरुले सरकारी लिखत किर्ते गरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान गर्दा उनीहरुबाट बराम भएका कागजपत्र नै नक्कली भएको भेटिएको हो । संग्रौलाको साथबाट भेटिएको जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट भेटिएको नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज नक्कली भएको शंका गरेर प्रहरीले प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भएको खुलेको परिसरले जनाएको छ ।



    संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट ४ असार २०७४ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र भेटिएको थियो । जबकी त्यतिबेला गाविस गाउँपालिका भइसकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार