Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एमाले महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय

    एमाले महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणा गरेसँगै महाधिवेशन आयोजक कमिटी भंग भएको हो।



    यस्तै, आजको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।



    महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    प्रवक्ता ज्ञवालीका अनुसार अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार