Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • समायोजनमा मनोमानी गरेको भन्दै विमलेन्द्रसँग रामचन्द्रको आक्रोश

    समायोजनमा मनोमानी गरेको भन्दै विमलेन्द्रसँग रामचन्द्रको आक्रोश

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी समायोजनका नाममा मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै उपसभापति विमलेन्द्र निधिसँग आक्रोश पोखेका छन् ।

    बरिष्ठ नेता पौडेलले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुलाई प्रक्रिया नपुर्याई क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।



    बुधबार १४ औं महाधिवेशनमा सभापतिको आकांक्षी रहेका निधि पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका थिए । पौडेलले अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरणमा पारदर्शीता नभएको भन्दै निधिको ध्यानाकर्षण गराएका हुन् ।



    कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो । तर महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर तीव्र विवाद देखिएको छ ।

    मंगलबार साँझ वरिष्ठ नेता पौडेलले उपसभापति निधिलाई टेलिफोन गरेर क्रियाशील सदस्यता विवादको विषयमा असन्तुष्टि जनाएका थिए । दुई नेताबीच टेलिफोनमै चर्काचर्की भएपछि निधिले आफू निवासमै आएर छलफल गर्ने बताएका थिए ।

    उपसभापति निधिले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने काम जारी रहेको बताएका थिए । सभापतिमा उम्मेदवारी घोषणा गरेकोबारे निधिले पौडेलसँग संवाद गर्न चाहेपनि पौडेलले त्यसबारे पछि कुरा गर्ने बताएका थिए ।

    आसन्न महाधिवेशनमा सभापति पदका दाबेदार रहेका दुवै नेताबीच क्रियाशील सदस्यताको विवाद टुंगिएपछि थप छलफल गर्ने सहमति भएको छ । ‘अहिले क्रियाशीलको विवाद गम्भीर छ । यो विवाद मिलाउन उपसभापतिले भूमिका खेल्ने र चुनावी छलफल पछि गर्ने कुरा भएको छ’, पौडेलले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार