Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना भाइरसका कारण उत्तर कोरियामा ‘ठुलो संकट’ !

एजेन्सी । कोरोना भाइरस महामारीका कारण उत्तर कोरियामा ‘ठुलो संकट’ आइपरेको छ ।

केही दिनअघि सर्वोच्च नेता किम जोङ–उनले उच्च अधिकारीलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएको उत्तर कोरियाली सरकार नियन्त्रित सञ्चार माध्यमले जनाएका छन्।

तर, कस्तो संकट हो त्यसबारे भन्नेबारे खुलाइएको छैन।

यसअघि उत्तर कोरियामा कोरोनाको प्रभाव नभएको दाबी गरिँदै आइएको थियो। उसले छिमेकी मुलुकसँगको नाका बन्द गरेकाले आफ्नो मुलुकमा कोरोना संक्रमित नरहेको बताउँदै आएको थियो।

नाका बन्द भएसँगै पछिल्लो समय मुलुकमा भोकमरी सुरु भएको र मुलुकको अर्थतन्त्र निकै खराब भएको बताइएको छ।

बीबीसी समाचारका अनुसार यसअघि नेता किमले खाद्य संकट हुन सक्ने भन्दै आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेका थिए।

यस्तै केही दिनअघि सरकारी टेलिभिजनमार्फत् एक नागरिकले किमको अप्रत्याशित खस्कदो स्वास्थ्य अवस्थाका बारे चिन्ता व्यक्त गरेको रिपोर्ट सार्वजनिक गरेको थियो।

किमले नेताहरूलाई के भनेका थिए ?

उत्तर कोरियाली सर्वोच्च नेता किमले बैठकमा बोलाएर उच्च अधिकारी तथा नेताहरूसँग असन्तुष्टि व्यक्त गरेका थिए । नेताहरूले महामारीको संक्रमणकालिन अवस्थालाई बेवास्ता गरेको बताएका थिए।

उनले नागरिकहरूको सुरक्षा तथा राष्ट्रको सुरक्षामा खतरा निम्तिने अवस्था हुँदा ती अधिकारी र नेताहरूले विशिष्ट कार्य गर्न नसकेको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077