Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार दुर्घटनामा परी कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको निधन

काठमाडौं । बुटवलमा कार दुर्घटनामा परी त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर भण्डारीको निधन भएको छ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका भण्डारीको मंगलबार साँझ दुर्घटनामा निधन भएको हो । समाजशास्त्रमा पीएचडी गरेका भण्डारीले ७ बर्षसम्म त्रि-चन्द्र कलेज घण्टाघरमा सहायक क्याम्पस प्रमुखको रुपमा काम गरेका थिए।

उनको पार्थिव शरिरलाई मंगलबार राति काठमाडौं ल्याइँदैछ । भोलि बुधबार दिउसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शंकर भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ समेत हुन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077