काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार विहान राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच एक घण्टा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सरकारी पक्षबाट बहस जारी रहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । शितल निवासले यो भेटलाई नियमित भनेको छ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहान दश बजे शितल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ११ बजेसम्म भेटवार्ता भएको थियो ।
Leave a Reply