Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'माधव नेपालको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा'

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेतृ शान्ता चौधरीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेसले प्रधानमन्त्री बनाइदिने भन्दै देखाएको सपनामा फसेकाे भन्दै टिप्पणी गरेकी छन् ।

आज नेतृ चौधरीले सामाजिक संजाल फेसबुकमा एक खुलापत्र लेख्दै यस्ताे टिप्पणी गरेकी हुन् ।

उनले लेखेकी छन्- 'नेकपा (एमाले ) को तपाईं आदरणीय नेता हुनुहुन्थ्यो, श्रद्धेय हुनुहुन्थ्यो । हेर्दाहेर्दै यति ठुलो बिचलन तपाईंमा देख्न पर्याे । फँस्नु भयो कमरेड, फँस्नु भयो तपाईं । निस्कनै नसक्ने गरि कांग्रेसको जालमा पर्नुभयो ।'

'शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी विभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमालेभन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड तपाईं सपना', उनले भनेकी छन् ।

आफूले लेखेकाे स्ट्याटस स्क्रिनसट गरेर राखी पछि आफू देखाउनु अनुराेध गर्दै उनले लेखेकी छन्- 'म चुनौती दिन्छु । निर्वाचनपछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् ।'

'तपाईंको पार्टीलाई कांग्रेसले भाग छुट्याई दिने, प्रचण्डलाई छुट्याईदिने, बाबुराम उपेन्द्रलाइ छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताई दिने, वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्वाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले । कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा .. भो कमरेड भो, पतनको बाटो नजानुहोस ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077