Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रदेश नं. १

    माओवादी केन्द्रका सांसदद्वारा बैठक अवरुद्ध, भौतिक पूर्वाधारमन्त्रीले माफी माग्नुपर्ने माग

    माओवादी केन्द्रका सांसदद्वारा बैठक अवरुद्ध, भौतिक पूर्वाधारमन्त्रीले माफी माग्नुपर्ने माग

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 1.9K
    SHARES

    file photo

    मोरङ ।प्रदेश १ को प्रदेशसभामा नेकपा माओवादी केन्द्रका सांसदविरुद्ध अमर्यादित टिप्पणीको विरोधमा  संसद बैठक अवरुद्ध भएको छ ।

    आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम किटान गरी टिप्पणी गरेपछि नेकपा माओवादी केन्द्रका सांसदले सोमबारको बैठक अवरुद्ध गरेका हुन् ।



    यसक्रममा माओवादी सांसदहरुले मन्त्री गुरुङले अविलम्ब रोष्ट्रमबाट क्षमा माग्नुपर्नेमा माग गर्दै सोमबारको सदन सुरु भएलगत्तै अवरुद्ध गरेका हुन् ।



    माओवादी संसदीय दलका उपनेता रामकुमार राईले मन्त्री गुरुङले क्षमायाचनासँगै संसदबाट मन्त्रीको अभिव्यक्तिको रेकर्ड नहाउञ्जेल सदन चल्न नदिने बताए ।

    उनले भने, ‘मन्त्री गुरुङले सदनमा हाम्रा सांसदविरुद्ध गर्नु टिकाटिप्पणी आपत्तिजनक छ । उहाँले माफ नमागुञ्जेल सदन अवरुद्ध जारी रहनेछ ।’

    भौतिक पूर्वाधार विकास मन्त्री गुरुङले आइतबार सम्पन्न बैठकमा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौजमा उत्रिएका थिए ।

    विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार