काठमाडौं । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनहरुले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्धआन्दोलन गर्ने गर्ने निर्णय गरेको हो ।
‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेकाे अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
आन्दोलनका कार्यक्रम अनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् ।
Leave a Reply