एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा बिद्रोही समुहका २१ लडाकुलाई गोली हानेर मृत्युदण्ड दिइएको छ ।
बिद्रोही समुह अल सबाबका सदश्य रहेको प्रमाणित भएपछि एउटा सैनिक अदालतले उनीहलाई मृत्युदण्डको सजाय सनाएको थियो ।
सोमालियाको अर्ध स्वायत्त पन्टल्याण्ड राज्यमा उनीहरुलाई एकसाथ गोली हानेर मृत्युदण्ड दिइएको हो ।
मृत्यु दण्ड दिइएकामध्ये १८ जना दशकौँदेखि बम हमला र आतंकबादी हमलामा आबद्ध भएको त्यहाँको सरकारले जनाएको छ । सोमालियाको इतिहासमा कठोर सजाय दिइएको यो पहिलो पटक हो ।
Leave a Reply