रामनारायण यादव/जनकपुरधाम । महोत्तरीमा २३ दिनदेखि बेपत्ता रहकी लोहरपट्टी नगरपालिका वडा नम्वर ७ की २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको प्रहरीले आशंका गरेको छ । आइतबार महोत्तरी प्रहरीले घर नजिकैको खेतमा गाडेको अवस्थामा शव फेला परेको हो ।
गत जेठ २० गतेदेखि सुजिता बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा गाडिएको अवस्थामा केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।
शव कुहिनको लागि प्रयोग गरेका सामग्रीहरु समेत फेला परेको हो । प्रहरीका अनुसार हत्या बाहिर गरिएको र उक्त स्थानमा ल्याएर शव गाडेको हुनसक्छ । थप उत्खनन गर्न बाँकी रहेकाले अन्य प्रमाणहरु पनि भेटिने सम्भावना छ । मधेसी आयोगले घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले उत्खनन् गर्दा हत्या भएको प्रमाणहरु फेला परेको हो ।
सुजिताको हत्या आफ्नै देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरले गरेको आरोप लागेको छ । हत्या आरोपित देवर र ससुरालाई प्रहरीले खाजि कार्य गरि रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले बताए ।
Leave a Reply