Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गौशाला क्षेत्रमा हात्ती आतंक, एक समुहले सातवटा घर भत्कायो

रामनारायण यादव / जनकपुरधाम । महोत्तरीमा हात्तीको एक समुहले सातवटा घर भत्काएको छ ।

जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १० स्थित मराहा खोला छेउको बडर्वा टोलमा गए राति हात्तीको समुहले सातवटा घर भत्काएको हो ।

राति करिब १० बजे बस्तीमा प्रवेश गरेको एउटा हात्तीले स्थानीय केशव बहादु सिजाली, मानबहादुर विश्वकर्मा, मंगल बहादुर विश्वकर्मा, धन बहादुर खड्का, बिना माया बस्नेत, प्रदीप खड्का र रेशम बहादुर खड्काको घर भत्काएको स्थानीयले जानकारी दिए ।

हात्तीले घर भत्काउन थालेपछि स्थानीयले भागेर ज्यान बचाएका थिए । विगत केही दिनदेखि गौशाला क्षेत्रमा हात्तीको आतंकले त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077