Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने एमालेको निर्णय

    महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने एमालेको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।



    प्रवक्ता ज्ञवालीका अनुसार, बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेछ ।



    ‘बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयामहरुको सन्दर्भमा संक्षिप्त तर गहन छलफल गरेका छौँ,’ प्रवक्ता ज्ञवालीले भने,’ यो विषयमा केही निर्णयहरु गर्न आवश्यक भएको र अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आउने असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठकले निर्णय गरेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार