Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापाको विपक्षी गठबन्धनमाथि प्रहार : विदेशीलाई कम्फर्टेबल सरकार बनाएर अस्थिरता मच्चाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने बताएका छन्।

आइतबार विहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले वर्तमान अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र सवैधानिक बाटो चुनाव नै भएको जिकिर गर्दै निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने बताएका हुन्।

यस्तै, उनले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरुले विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृंखला चलाउन खोजेको बताएका छन्।

चुनावको विरोध गर्ने विपक्षी गठबन्धनप्रति लक्षित गर्दै उनीहरु विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृखला चलाउन खोजेको उनको आरोप छ।

https://twitter.com/KTnepal/status/1408960599489355777

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077