Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

    ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 1.9K
    SHARES

    रामनारायण यादव/  सप्तरी । सप्तरीमा ट्यांकरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ ।

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर २ स्थित ट्यांकरले दुई वटा माटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडी सवार एक–एक जना बालिकाको मृत्यु भएको छ ।



    शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।



    ठक्करले स.११ प २५८५ नम्बरको मोटरसाइकलमा सबार जिल्लाको रुपनी गाउँपालिका वडा नम्वर ३ बस्ने ८ बर्षयी यशोधा देवीको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ । उक्त मोटरसाइकल मृतक बालिकाको मामा कुसुमलाल मण्डलले चलाइरहेका थिए । मोटरसाइकलमा मण्डलसहित उनकी दिदी सुमनदेवी र भाञ्जी यशोधा सवार रहेको प्रहरीले जनाएको छ ।

    यस्तै, स २ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार कञ्चनरुप नगरपालिका वडा नम्वर ६ बस्ने सुनैया प्रबीणको सोही ट्यांकरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाका हजुरबुवा सलीमले बुहारी र नातिनीलाई लिएर घरतर्फ जाँदै गर्दा ट्यांकरले ठक्कर दिएको

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए ।

    घाइतेहरुको उपचारको लागि ठेलियास्थित अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता द्विवेदीले बताए ।

    दुर्घटना लगत्तै स्थानीयहरुले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै उनीहरु सडक अवरुद्ध गरी नाराबाजी गरि रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार