Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चिनियाँ अन्तरीक्ष यात्री अन्तरीक्षमा निदाएपछि…

    चिनियाँ अन्तरीक्ष यात्री अन्तरीक्षमा निदाएपछि…

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 4K
    SHARES

    काठमाडौं । अन्तरीक्ष स्टेसनमा ३ महिनासम्म बस्नेगरी उडेका तीन चिनियाँ अन्तरीय यात्री अन्तरीक्षमै निदाएको भिडियो सार्वजनिक भएको छ । बुधबार चिनियाँ अन्तरीक्ष स्टेसनमा गएका ३ जना अन्तरीक्षयात्रीहरु निए हुइसेङ, लिउ बोमिङ र ताङ होङबोको भिडियो फुटेज सार्वजनिक भएको हो, जसमा तिनैजना अन्तरीक्षयात्रीहरु हावामा उडिरहेका खानाका डिब्बाहरुको बीचमा बसेका र सुत्ने तयारी गर्दै गरेका देखिएका छन् ।

    वास्तवमा ती तीनजना चिनिया अन्तरीक्ष यात्रीहरुको एउटा मुख्य काम भने दिउँसोको समयमा सुत्नु पनि रहेको छ । उक्त भिडियो ती तीनजना अन्तरीक्ष यात्रीहरुको तियान्हे स्पेस मोड्युलमा उनीहरुको अन्तरीक्ष बसाइको पहिलो २४ घण्टाको हो ।



    यसअघि सन् २०१६ मा चीनले सेन्जु स्पेस मिसन प्रक्षेपण गरेको थियो । जसमा पठाइएका अन्तरीक्ष यात्रीहरु ३३ दिनसम्म अन्तरीक्ष स्टेसनमा बसेका थिए ।



    चीनले गत जून १७ मा ती तीनजना अन्तरीक्ष यात्रीहरुलाई सेन्जु १२ अन्तरीक्ष उडानका माध्यमबाट अन्तरीक्षमा निर्माण भइरहेको आफ्नो अन्तरीक्ष स्टेशनमा पठाएको थियो ।

    चीनको सरकारी सञ्चार माध्यम सेन्ट्रल चाइना टेलिभिजनमा प्रशारण गरिएको उक्त भिडियो अनुसार ती अन्तरीक्ष यात्रीहरुको काम बिहानै ८ बजे ग्राउण्ड कन्ट्रोलसँग कुराकानी गरेसँगै सुरु हुन्छ । त्यसपछि उनीहरु रातको ९ बजेसम्म काम गरिरहन्छन् र दिनको अन्त्यमा दिनभरको कामको अपडेट दिन्छन् ।

    उक्त भिडियोमा ३ जना अन्तरीक्ष यात्रीहरुले रोबोटिक हातको साथ तयारी गरिरहेको देखिन्छ । उनीहरुले मोड्युलमा काम गर्नका लागि आफ्नो एक्स्ट्राभेहिकुलर स्पेस सुटको जाँच गरिरहेको देखिन्छ । समाचार एजेन्सीका अनुसार उक्त रोबोटिक हात १५ मिटरसम्म लामो हुनसक्दछ । उक्त रोबोटिक आर्मलाई सैन्य प्रयोजनमा प्रयोग गर्न सकिने विषयलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गर्दै आएको छ ।

    बुधबार चिनिया राष्ट्रपति सी जिनपिङले अन्तरीक्षयात्रीहरुसँग पाँच मिनेट कुराकानी गरे र उनीहरुको कामका लागि धन्यवाद ज्ञापन गरेका थिए । साउथ चाइना मर्निङ पोष्टमा छापिएको एक रिपोर्ट अनुसार राष्ट्रपति सीले अन्तरीक्ष यात्रीलाई भनेका थिए–‘३ महिना तपाईंहरुले अन्तरीक्षमा बिताउनुहुनेछ । जबसम्म तपाईंहरुले त्यहाँ आफ्नो काम गरिरहनुहुन्छ तपाईंको काम तथा जीवन चिनिया नागरिकहरुको मनमुटुमा रहनेछ । तर्पांहरु ती मानिसहरुको प्रतिनिधित्व गर्नुहुन्छ जसले एक नयाँ युगमा चिनियाँ अन्तरीक्ष उद्योगलाई अगाडि बढाउन चाहन्छन् । मलाई आशा छ कि तपाईंहरु एक आपसमा मिलेर काम गर्नुहुनेछ र अन्तरीक्षमा आफ्ना सबै काम पूरा गर्नुहुनेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार