Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा जर्ज फ्लोइडका हत्यारालाई साढे २२ वर्ष जेल सजाय

एजेन्सी । अमेरिकामा जर्ज फ्लोइडको हत्या अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय तोकिएको छ ।

न्यायाधीशले शुक्रबार चोभनलाई सजाय सुनाएका हुन् । पदमा रहँदा तोडेको विश्वास र अधिकार तथा फ्लोइडप्रति प्रदर्शित निर्ममताका आधार चोभनलाई सजाय तोकिएको बताएका छन् ।

गत वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको निधन भएको थियो ।

पक्राउको क्रममा ४५ वर्षे श्वेत प्रहरी अधिकारी चोभनले फ्लोइटको घाँटीमा ९ मिनेटभन्दा बढी समय थिचेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शन भएको थियो ।

१४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान एवम् पक्ष विपक्षका वकिलको बहस सुनेपछि जुरीले दुई महिना पहिले आफ्नो निर्णय तयार पारेको थियो । जुरीले पूर्व प्रहरी अधिकारी चोभनलाई सेकेण्ड डिग्री मडर र थर्ड डिग्री मडर एवम् मानवहत्या अभियोगमा दोषी ठहर गरेको थियो ।

चोभनलाई हिंसात्मक अपराधिका रुपमा दर्ता गर्न र जीवनकाल भर बन्दुक लिन नपाउने फैसला समेत अदालतले गरेको छ । फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077