Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा १८ बालबालिकाको मृत्यु

एजेन्सी। चीनको एउटा मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको र १६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

हताहत हुने अधिकांश सातदेखि १६ वर्षका बालबालिकाहरू रहेको बताइएको छ।

उनीहरू खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए।

शुक्रवार बिहानै आगलागी भएको र हाल नियन्त्रणमा लिइसकिएको स्थानीय निकायहरूले जनाएका छन्।घटनाको कारण के हो भन्ने कुरा भने स्पष्ट भइसकेको छैन।

झङ्छेङ्ग काउन्टी सरकारले आफ्नो आधिकारिक वीच्याट च्यानलमा दिएको संक्षिप्त विज्ञप्तिमा उक्त मार्सल आर्ट्स सेन्टरका एक अधिकारीलाई पक्राउ गरिएको जनाइएको।

सरकारी अधिकारीहरूले बीइङ्ग टोउटीआओ न्यूजलाई बताए अनुसार शुक्रवार बिहान ३ बजे आगलागी हुँदा आवासीय विद्यालयमा ३४ जना विद्यार्थी थिए।

घाइते विद्यार्थीहरूलाई तत्काल अस्पताल पुर्याइएको थियो।

रोयटर्स समाचार संस्थाले कुराकानी गरेको अभिभावकहरूले उनीहरूलाई आफ्ना बच्चाबारे कुनै जानकारी नदिइएको र बच्चालाई हेर्न पनि नदिइएको बताएका छन्।

बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077