काठमाडौं । लमजुङकी ९२ वर्षीया कालिकादेवी बास्तोला १९ दिनको उपचारपछि आज कोरोना जितेर घर फर्किएकी छिन् । लमजुको बेसीसहरमा कोरोना परीक्षण गराउँदा बास्तोलामा कोरोना पुष्टि भएपछि काठमाडौंको ग्रिन सिटी अस्पताल ल्याइएपनि अस्पतालले अवस्था सामान्य भन्दै फर्काएपछि उनलाई सामाखुसीको राधास्वामी कोभिड आइसोलेसनमा लगिएको थियो ।
राधास्वामी आइसोलेसनमा भर्ना भएकी कालिकादेवी १९ दिनको उपचारपछि आज घर फर्किएकी हुन् ।
राधास्वामी आइसोलेसनका डा. राम थापा क्षेत्री कालिकादेवी पूर्णतः स्वस्थ बनेको बताउँदै उनले कोरोना जितेको खबरले अन्य संक्रमितको मनोबल बढ्ने बताउँछन् । लमजुङको बेसीसहर बस्ने कालिकादेवीलाई यसअघि प्रेसरको पनि समस्या रहेको परिवारले बताएको छ ।
Leave a Reply