Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डलाई राजा फर्काउने आन्दोलनको नेतृत्व लिन कमल थापाको सुझाव

    प्रचण्डलाई राजा फर्काउने आन्दोलनको नेतृत्व लिन कमल थापाको सुझाव

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 4.3K
    SHARES

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजतन्त्र फर्काउने आन्दोलनको नेतृत्व लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

    बिहीबार अध्यक्ष प्रचण्डले राष्ट्रपति भन्दा राजा नै ठीक भन्ने निश्कर्ष सुनाएपछि राजसंस्था पुनःस्थापनाबारे थापाले यस्तो सुझाव दिएका हुन् । प्रचण्डले हिजो सम्पादकहरुसँगको अन्तरक्रियामा राष्ट्रपति भन्दा राजनै ठीक रहेको अभिव्यक्ति दिएका थिए ।



    आज अध्यक्ष थापाले प्रचण्डको भिडियो शेयर गर्दै थापाले सामाजिक संजाल ट्वीटरमा भनेका छन्, ‘प्रचण्डजीले सहि भन्नु भयो।हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं। यो असल कामको पहल गर्नुहोस। ‘



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार