Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा भवन भत्किँदा एकको मृत्यु, ९९ को अवस्था अज्ञात

एजेन्सी । अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ९९ जनाको अवस्था अज्ञात छ भने ३५ जनाको उद्धार गरिएको छ ।

फ्लोरिडाको मायामी शहरमा १२ तलाको आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छैन । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्नेबारे खुलेको छैन ।

उद्धारको काम भइरहेको छ । सन् १९८० मा बनेको सो भवनमा २३० वटा फ्ल्याट छन् । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077