Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सरकारको विरोधमा सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनकाे निर्णय

    सरकारको विरोधमा सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनकाे निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

    काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलले सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको बैठकमा सभागी एक नेताले जानकारी दिए ।



    उनका अनुसार भौतिक दूरी कायम गरेर भए पनि सडकमा प्रदर्शन गर्ने निर्णय भएको छ । बैठकले प्रदर्शनका लागि पहिलो चरणमा दल सम्बद्ध भातृ संगठनहरुलाई सडकमा उतार्ने निर्णय गरेको छ ।



    दलहरुको यो निर्णयसँगै पाँच विद्यार्थी संगठनहरुले विहीबार प्रदर्शन गर्ने विज्ञप्ति गरेर जानकारी दिएका छन् । गठबन्धनको बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा भएको र सरकार विरुद्ध सडकमै आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार