सप्तरी । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ चैत्र १९ मा उच्च अदालत जनकपुर संयुक्त वाणिज्य ईजलास जनकपुरले १० दिन कैद ७ लाख रुपैयाँ जरिवानाको फैसला गरेपछि फरार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर १२ का मो. युसुफलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि युसुफलाई बुधबार अदालतमा पेस गरेको थियो ।
अदालतको फैसला कार्यान्वयनका लागि राजविराज कारागार पठाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी उदयभान द्विवेदीले बताए ।
Leave a Reply